आँबुखैरेनी अस्पतालमा पहिलोपटक शल्यक्रियामार्फत् प्रसुती सेवा सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनी अस्पतालमा पहिलोपटक शल्यक्रियामार्फत् प्रसुती सेवा सुरु

    खबरपुञ्ज संवाददाता

    १६ पुष २०८१, बुधबार

    दमौली । तनहुँको आँबुखैरेनी अस्पतालमा पहिलोपटक शल्यक्रियामार्फत् प्रसुती सेवा सुरु भएको छ । अस्पतालले मङ्गलबार पहिलोपटक शल्यक्रियामार्फत् प्रसुती सेवा सुरु गरेको हो । स्थानीय एक महिलाको शल्यक्रियामार्फत् सफल प्रसुती गराइएको छ ।

    अस्पतालका प्रमुख डा. डिबी क्षेत्री, मेडिकल अधिकृत डा. अविनास कुमार रौनियार, एनेस्थेसिया सहायक भानु अर्याल, नर्सहरु सीमा सापकोटा क्षेत्री, सविता विष्ट, पूजा रावल, मिना श्रेष्ठ लगायतको सहयोगमा शल्यक्रियामार्फत् प्रसुती गराइएको हो । शल्यक्रियापश्चात् नवजात शिशु र आमाको स्वास्थ्य अवस्था स्वस्थ रहेको अस्पताल प्रमुख डा. क्षेत्रीले बताए ।

    उनले भने, ‘२० वर्षकी गर्भवती महिला ३९ हप्ताको गर्भ, ४२ घण्टादेखि पानी बगेको, बच्चा खेल्ने पानीको मात्र कम अनि मुटुको चाल गडबड, पेटमै बच्चाले दिशा गरेको, सुत्केरी व्यथा सुरू नभएको अनी तुरुन्तै आकस्मिक शल्यक्रिया गर्नुपर्ने अवस्था थियो ।’

    शल्यक्रियामार्फत् प्रसुती सेवाका लागि यही महिना स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुमति प्रदान गरेको थियो । आँबुखैरेनी अस्पतालका अध्यक्ष शुक्र चुमानले अस्पताल पुगेर नवजात शिशु र आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । अस्पतालमा पहिलोपटक शल्यक्रियामार्फत् प्रसुती सेवा सुरु भएपछि अस्पतालले सेवामा एक कदम फड्को मारेको चुमानले बताए ।