दमौली । नेपाल विद्यार्थी संघ तनहुँमा सोन आलेको नेतृत्वमा कार्यसमिति विस्तार गरिएको छ । संघका अध्यक्ष आलेले जिल्ला कार्यसमितिमा एक सय सदस्य मनोनित गरेका हुन् ।
नेपाल विद्यार्थी संघ विधान २०२७(सातौं संशोधन २०७५ ) मा रहेको प्रावधान अनुसार जिल्ला कार्य समिति विस्तार गरिएको आलेले जानकारी दिए ।
तनहुँमा दुई पक्षीय नेविसंघ छ । अर्को पक्षमा आशिष कैनी अध्यक्ष छन् ।