दमाैली । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित लक्ष्मी अस्पताल भवनको पाँचौ तल्लामा लागेको आगो नियन्त्रणमा आएको छ ।
स्थानीय केशव अधिकारीको घरको पाँचौ तल्लाम आज बिहान ११ः४० बजेको आगो १२ः२० बजे नियन्त्रणमा आएको हो । इलाका प्रहरी कार्यालय आँबुखैरेनी, इलाका प्रहरी कार्यालय भानु, प्रहरी चौकी डुम्रेका ३६ जना प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।
आगलागीबाट अन्दाजी ५० मुरी धान, पुराना काठपात तथा झ्यालढोका, टिनको छानो जाली नष्ट भएको प्रहरी नायब उपरिक्षक थापाले बताए ।