दमौली । पोखरा महानगरपालिका-१४ चाउथेमा मालबाहक ट्रक पल्टिदा तनहुँको म्याग्दे-२ जामुनेका ३० वर्षीय आनन्द श्रेष्ठ घाइते भएका छन् ।
विरगंजबाट पोखरा तर्फ जॉदै गरेको मधेश प्रदेश ०३ – ००१ ख ९७६८ नं. को मालबाहक ट्रक चालकले नियन्त्रण गुमाई सडकको बायाँ साईडमा पल्टिन जाँदा ट्रक चालक श्रेष्ठ घाईते भएको प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट लागेको र पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।