म्याग्दे गाउँपालिकाकाे वित्तीय प्रगति ८४ प्रतिशत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्दे गाउँपालिकाकाे वित्तीय प्रगति ८४ प्रतिशत

    खबरपुञ्ज संवाददाता

    १३ श्रावण २०८२, मंगलवार

    दमाैली, १३ साउन । म्याग्दे गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/०८२ मा ८४ प्रतिशत वित्तीय प्रगति गरेको छ । सो अवधिमा म्याग्देले पुँजीगत तर्फ ७३.४५ प्रतिशत र चालु तर्फ ९२.७७ प्रतिशत वित्तीय प्रगति गरेको हाे ।

    गत आर्थिक वर्षमा सम्पन्न भएका कार्यक्रमहरुको भौतिक र वित्तिय प्रगति सार्वजानिक गर्दै प्रमुख प्रशासकीय अधिकृत नारयणप्रसाद अधिकारीले उक्त तथ्यांक सार्वजानिक गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत अधिकारीले आर्थिक वर्ष २०८१÷०८२ मा निर्माण गरेको बजेट प्रभावकारी रुपमा कार्यान्वयन भएको बताए । वित्तीय प्रगति यस अघिको आर्थिक वर्षको भन्दा राम्रो रहेको अधिकारीले बताए । न्युन आर्थिक श्रोतको बाबजुद सबै वडामा सन्तुलित पुर्वाधार निर्माण, गुणस्तरीय शिक्षा, विशेषज्ञ सहितको स्वास्थ्य सेवा लगायतका महत्वपुर्ण कार्यक्रम सन्चालन गर्न सकिएको अधिकारीले बताए ।

    फोहोर मैला व्यवस्थापनका लागि २२ रोपनी क्षेत्रफलमा ल्यान्डफिल्ड साईटको निर्माण गरि सन्चालन गरिएको छ । त्यस्तै अध्यक्ष, उपाध्यक्षसँग जनताको स्वास्थ्य कार्यक्रम अन्तर्गत आँखा शिविर र अप्रेशन, स्तन र पाठेघरको क्यान्सर परिक्षण र उपचार, मृगौला परिक्षण तथा अन्य स्वास्थ्य शिविरको आयोजना गरिएको अधिकारीले बताए ।

    त्यसैगरि कोल्डस्टोरको निर्माण, सन्चालन र बिउ बिजनहरुको भण्डारण समेत सुरु गरिएको छ । हलगोरु पोषण अनुदान, दुधमा प्रति लिटर १० रुपैयाँ अनुदान, सुत्केरी पोषण खर्च ५ हजार तथा निशुल्क एम्बुलेन्स सेवा, सामुदायिक विद्यालयमा ४० प्रतिशत लागत साझेदारीमा ४ वटा विद्यालयलाई बस खरिद गरि प्रदान, गाउँपालिकाको कार्यालयबाट नै बैकिङ सेवा लगायतका प्रमुख कार्य भएको छ ।

    म्याग्दे गाउँपालिका संस्थागत क्षमता स्वमुल्यांकन (लिजा) र वित्तिय जोखिम मुल्यांकन (एफआरए) तथा राष्टिूय वित्त आयोगका नतिजामा उत्कृष्ट घोषित हुन सफल भएको छ । त्यसैगरि ३ वटा सार्वजानिक सुनुवाई तथा सबै योजनाहरुको सार्वजानिक परिक्षण गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । म्याग्देमा १ वटा सामाजिक लेखा परिक्षण गरिएको छ भने ८ वटा कार्यालयमा नागरिक वडापत्रको व्यवस्था गरिएको छ । म्याग्देमा गत आर्थिक वर्षमा २५४ सय वटा योजना सम्पन्न भएको थियो । म्याग्दे गाउँपालिकाले गत आर्थिक वर्ष ०८१।०८२ को बार्षिक प्रगतिको बारेमा सोमबार म्याग्दे–३ ठुलो बगैंचा स्थित नवनिर्मित सभाहलमा विशेष कार्यक्रमको आयोजना गरि उक्त तिन वटै विषय सार्वजानिक गरेको थियो ।

    गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले म्याग्दे गाउँपालिकाले समृद्ध म्याग्दे निर्माणकालागि ‘आत्मनिर्भर समृद्ध म्याग्देको आधार, मानव विकास, कृषि, पर्यटन र पुर्वाधार’ भन्ने दोश्रो आवधिक योजनाको नारा तय गरि कार्यान्वयनमा गएको बताए ।