समन्वय समितिका प्रमुख वाग्लेको नेतृत्वमा बाबुको किरियामा बसेका छोरीहरुलाई समवेदना व्यक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    समन्वय समितिका प्रमुख वाग्लेको नेतृत्वमा बाबुको किरियामा बसेका छोरीहरुलाई समवेदना व्यक्त

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०८२, बुधबार

    दमौली, २१ साउन । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले नेतृत्वको टोलीले बाबुको निधनपछि किरियामा बसेका दुई छोरीहरुलाई समवेदना व्यक्त गरेको छ।

    बन्दीपुर-५ याम्पाढाबका भिमबहादुर क्षेत्रीको निधनपछि किरियामा बसेका दुई छोरी र परिवारलाई समवेदना व्यक्त गर्न वाग्ले सहित व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, पूर्वमन्त्री डोवाटे विक लगायत बुधबार निवासमा पुगेर समवेदना व्यक्त गरेका हुन्।

    समन्वय प्रमुख वाग्लेले असल छोरीहरुले समाजमा सकारात्मक सन्देश दिएको बताए । नगरप्रमुख न्यौपानेले छोरीहरुले समाजमा पितृप्रितको कर्ममा समाजमा उदाहरण प्रस्तुत गरेको बताए ।

    बुबाको निधनपछि २५ वर्षीया निशा र २१ वर्षीया अनिशा किरियामा बसेका छन् ।