मन्त्रालयको गुनासो व्यवस्थापन केन्द्र सक्रिय, १०० भन्दा बढी गुनासो फर्छ्यौट हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मन्त्रालयको गुनासो व्यवस्थापन केन्द्र सक्रिय, १०० भन्दा बढी गुनासो फर्छ्यौट हुँदै

    खबरपुञ्ज संवाददाता

    २५ श्रावण २०८२, आईतवार

    काठमाडौ, २५ साउन। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवाग्राहीका गुनासोको सुनुवाइ तथा समाधानका लागि स्थापना गरेको “गुनासो व्यवस्थापन केन्द्र” गत २०८२ साउन ८ गते मन्त्री भगवती न्यौपानेको निर्देशनमा कार्यसञ्चालनमा आएको छ

    यो केन्द्रले मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित गुनासाहरू संकलन, वर्गीकरण र सम्बोधन गर्ने जिम्मेवारी पाएको छ। उपसचिव भुपेन्द्र सापकोटाको नेतृत्वमा शाखा अधिकृत लोकबहादुर लामा र नायव सुव्वा नवराज पराजुली सहितको टोलीले गुनासो व्यवस्थापन गरिरहेका छन।

    मन्त्रालयका अनुसार, सामान्य सूचना वा प्रक्रिया सम्बन्धी गुनासोहरू तत्कालै समाधान गरिन्छन् भने, जटिल वा नीतिगत गुनासाहरू क्रमशः सम्बन्धित शाखा, महाशाखा र उच्च व्यवस्थापन समूहमार्फत प्रक्रिया पुरा गरी एक महिनाभित्र समाधान गर्ने व्यवस्था मिलाइएको छ।

    केन्द्र सुरु भएको छोटो अवधिमै मन्त्रालयसँग सम्बन्धित १०० भन्दा बढी गुनासो प्राप्त भइसकेका छन्। यीमध्ये केही तत्काल समाधान भइसकेका छन् भने बाँकी क्रमशः फर्छ्योट (सम्बोधन) भइरहेको मन्त्रालयले जनाएको छ।

    गुनासो दर्ताका लागि सेवाग्राहीले [email protected] मा इमेल पठाउन वा Whatsapp/Viber मार्फत ९८५१२७७२११ मा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।