मन्त्रालयमा मैले दिर्घकालीन प्रभाव पर्ने कैयन कामहरु थालनी गरेकी छु : मन्त्री न्यौपाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मन्त्रालयमा मैले दिर्घकालीन प्रभाव पर्ने कैयन कामहरु थालनी गरेकी छु : मन्त्री न्यौपाने

    खबरपुञ्ज संवाददाता

    ३२ श्रावण २०८२, आईतवार

    काठमाडौ, १ भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले मन्त्रालयमा दिर्घकालीन प्रभाव पर्ने कैयन कामहरु थालनी गरेको बताएकी छन् ।

    मन्त्रीको जिम्मेवारी सम्हालेको एक महिना पूरा गरेको अवसरमा मन्त्री न्यौपानेले क्षणिक काममा रमाउने आफ्नो बानी नभएको उल्लेख गरिन् । उनले भनिन्, ‘टिममा काम गर्न रमाउने बानी छ । सबैको सल्लाह सुझाव लिने र कुरा सुन्ने स्वभाव छ । आफ्नो यो स्वभावले अहिलेको जिम्मेवारीमा फाइदा भएको महशुस भएको छ । मन्त्रालयमा मैले दिर्घकालीन प्रभाव पर्ने कैयन कामहरु थालनी गरेकी छु । जिम्मेवारी समालेको एक महिना पुगेको मौका पारेर आफूले गरेका कामहरु जनता माझ लैजान मन लागेको छ ।’

    मन्त्री न्यौपानेले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी एक महिनामा थालनी गरिएका काम सार्वजनिक गर्ने बताइन् ।

    उनले भनिन, ‘आँखा झिमिक्क गर्दा एक महिना बितेछ मैले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी समालेको । गर्नुपर्ने काम धेरै छ, २४ घन्टाको एक दिन नै कम लाग्न थालेको छ । जनताको आकांक्षा ठूलो छ, प्रधानमन्त्रीज्यूले निरन्तर हुटहुटी लगाइरहनुहुन्छ, मलाई निर्देशन र भिजन दिइरहनुहुन्छ । सुझाव सल्लाह दिने मित्रहरु धेरै हुनुहुन्छ ।’