


दमौली, १ भदौ । प्रहरी नायब उपरिक्षकमा बढुवा भएका राजु अधिकारी दर्ज्यानी चिन्हबाट सुशोभित भएका छन् । हालै प्रहरी नायब उपरिक्षक बढुवा भएका अधिकारीलाई आइतबार प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दीपक थापाले चिन्हबाट सुशोभित गरेका हुन् ।
अधिकारी जिल्ला प्रहरी कार्यालय तनहुँमा प्रहरी निरीक्षकको रुपमा रहँदा प्रहरी नायब उपरिक्षक पदमा बढुवा सिफारिस भएका थिए ।