


दमाैली, १ भदाै । जिल्ला प्रहरी कार्यालय तनहुँकाे प्रमुखकाे रुपमा एसपी टेकबहादुर कार्कीले आइतबारदेखि कमाण्ड सम्हालेका छन् । केही दिन अगाडी मात्रै जिल्ला प्रहरी प्रमुखकाे रुपमा सरुवा भएका उनले आइतबारदेखि कमाण्ड सम्हालेका हुन् ।
प्रदेश प्रहरी कार्यालय पाेखरामा रहेका कार्कीले तनहुँ प्रहरी प्रमुखकाे जिम्मेवारी पाएका छन् ।
जिल्लामा हाजिर भएका कार्कीले साेमबार जिल्लास्थित सञ्चारकर्मीसँग भेटघाट कार्यक्रम आयाेजना गरेका छन् ।