


दमाैली, १ भदाै । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रको दुईपिप्ले स्थित कार्यालयका लागि जग्गा दान दिने दातालाई सम्मान गरिएको छ । नेपाल विद्युत प्राधिकरणको ४० औं वार्षिकोत्सवको अवसरमा आइतबार दमौलीमा आयोजित कार्यक्रममा दुईपिप्लेका महेन्द्रराज वाग्लेलाई सम्मान गरिएको हो ।
वाग्लेलाई तनहुँ वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले दोसल्ला र प्रशंसापत्रले सम्मान गरेका हुन्। त्यसक्रममा रेग्मीले कार्यालयका लागि निःशुल्क जग्गा दान दिएर सामाजिक उत्तरदायित्व, विकासप्रतिको प्रतिबद्धता र सार्वजनिक हितमा उच्च उदाहरण प्रस्तुत गरेको बताए।
मध्यनेपाल नगरपालिका–४ रम्घाका वाग्लेले पुष्पलता क्याम्पससँगै रहेको एक रोपनी जग्गा कार्यालयका लागि प्रदान गरेका थिए ।