सबैसँग समन्वय गरेर काम गर्छु : एसपी कार्की
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सबैसँग समन्वय गरेर काम गर्छु : एसपी कार्की

    खबरपुञ्ज संवाददाता

    १ भाद्र २०८२, सोमबार

    दमाैली, २ भदाै । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक टेकबहादुर कार्कीले सबैसँग समन्वय गरेर काम गर्ने बताएका छन् । आइतबारमात्रै प्रहरी उपरिक्षकको रुपमा हाजिर भएका कार्कीले सोमबार जिल्लास्थित सञ्चारकर्मीसँग परिचयात्मक कार्यक्रम गर्दै समाजमा शान्ति सुरक्षा कायम गर्नु पहिलो काम भएकाले त्यसका लागि सबैसँग समन्वय गरिने बताए ।

    उनले अपराध न्यूनीकरण र अमनचयन कायम गर्नका लागि प्रहरी एक्लैको मात्रै नभई सबैको जिम्मेवारी भएकाले त्यसतर्फ सहयोगका लागि आग्रह गरे ।

    कार्कीले सञ्चारमाध्यमसँग सहकार्य गरेर अगाडी बढ्ने बताउँदै थपे, “समाजमा घट्न सक्ने घटना न्यूनीकरणका लागि सञ्चारमाध्यमले पनि सूचना दिएर सहयोग गर्नुपर्छ ।” कार्कीले आपराधिक क्रियाकलाप गर्ने जो सुकै कारवाहीको दायरामा आउने बताउँदै आम नागरिकले पनि त्यसमा सहयोग गर्नुपर्ने बताए ।

    काम गर्ने सिलसिलामा कसैको दबाब भन्दा पनि कानुन बमोजिम काम गर्ने प्रतिबद्धता जनाउँदै उनले भने, “कानुन भन्दा बाहिर गएर काम गर्ने कुरा भएन । कानुन बमोजिम नै काम गर्छौ ।”