


दमौली, ३ भदौ । व्यास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सुकदेव लम्सालले पाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रत्ननगर नगरपालिकाबाट लम्साललाई व्यासमा सरुवा गरेको हो ।
व्यासका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेको मन्त्रालयमा सरुवा भएको छ ।
लम्सालले अधिकृत हुँदा तनहुँको बन्दीपुर गाउँपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निभाइसेकका छन् ।