


दमौली, ३ भदौ । आम सर्वसाधारणका लागि बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ भदौ ११ गतेदेखि खुल्ने भएको छ ।
जारी पूँजी २ अर्ब ८३ करोडको २०.७० प्रतिशत सेयर अर्थात् ५८ लाख ६० हजार कित्ता सर्वसाधारण समूहमा छुट्याइएको छ । जसमध्ये आयोजना प्रभावित, वैदेशिक रोजगारमा रहेका, कर्मचारी, सामूहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको ४३ लाख ४१ हजार ८० कित्ता सेयर आम सर्वसाधारणका लागि खुल्न लागेको हो ।
भदौ ११ देखि १५ गतेसम्म कम्पनीको सेयरमा आवेदन दिन सकिने बिक्री प्रवन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ । न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
अनलाइन प्रणाली मेरोसेयर वा आफ्नो खाता रहेको सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सकिनेछ ।