आयुर्वेद व्यवस्थापन समितिकाे अध्यक्षमा बस्नेत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आयुर्वेद व्यवस्थापन समितिकाे अध्यक्षमा बस्नेत

    खबरपुञ्ज संवाददाता

    ८ भाद्र २०७७, मंगलवार

    तनहुँ : जिल्ला आयुर्वेद औषधालय व्यवस्थापन समिति तनहुँकाे अध्यक्षमा देवीबहादुर बस्नेत नियुक्त हुनुभएकाे छ । गण्डकी प्रदेशकाे सामाजिक विकास मन्त्रालयले बस्नेतलाई व्यवस्थापन समितिकाे अध्यक्षमा नियुक्त गरेकाे हाे । बस्नेत सहकारी क्षेत्रमा समेत क्रियाशील हुनुहुन्छ ।

    प्रदेश सरकारले ११ वटै जिल्लामा आयुर्वेद औषधालय व्यवस्थापन समितिकाे अध्यक्ष नियुक्त गरेकाे छ । बागलुङमा राजिव घिमिरे, पर्वतमा भवानीप्रसाद शर्मा, म्याग्दीमा जीवन विश्वकर्मा, मुस्ताङमा जितेन्द्र शेरचन, कास्कीमा हरिष्चन्द्र देवकोटा, नवलपुरमा कृष्णप्रसाद भट्टराई, स्याङ्जामा यज्ञप्रसाद पाैडेल, लमजुङमा भुपालवहादुर दनाई, गोरखामा रमेश श्रेष्ठ र मनाङमा छिरिङ गुरुङ नियुक्त हुनुभएकाे छ ।