पञ्चमुनीदेवका शिक्षक कर्मचारीको कोरोना बीमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    पञ्चमुनीदेवका शिक्षक कर्मचारीको कोरोना बीमा

    खबरपुञ्ज संवाददाता

    ८ भाद्र २०७७, मंगलवार
    फाईल तस्बिर

    तनहुँ : दुलेगौँडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यलयमा कार्यरत शिक्षक कर्मचारीहरुको कोरोना बीमा गरिएको छ । सरकारी दरबन्दीका शिक्षक कर्मचारीको सरकारले नै बीमाको व्यवस्था गरेकामा निजी स्रोतमा राखिएकाहरुको पनि विद्यालयले बीमा गरिदिएको हो ।

    विद्यालयमा ४२ जना सरकारी दरबन्दीमा कार्यरत छन् । निजी स्रोतका ४८ जनाको विद्यालयले राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा अनलाईनमार्फत कोरोना बीमा गरेको विद्यालयका सुचना अधिकारी लक्ष्मण पुरीले जानकरी दिनुभयो । एक जनाको बीमाको लागि तीन सय रुपैयाँ खर्चिएको छ ।

    “विश्व समुदाय नै कोरोनाको संकटमा छ । सरकारले भैपरी आउने जोखिमलाई मध्यनजर गर्दै सरकारी दरबन्दीकाको लागी मात्रै बीमा गरिदियो । निजी स्रोतमा खटिएका शिक्षक कर्मचारीको पनि विद्यालयका लागि उत्तिकै योगदान रहेको छ । जोखिम पनि उस्तै हो । तसर्थ विद्यालयले नै बीमा गरिदिएको हो,” उहाँले भन्नुभयो ।

    पछिल्लो समय तनहुँका सामुदायिक विद्यालयले शिक्षकहरुको धमाधम कोरोना बीमा गर्न थालेका छन् । तीन सय रुपैयाँ तिरेर कोरोना बीमा गरेकाको पिसीआर परिक्षणमा रिपोर्ट पोजेटिभ आएको खण्डमा बीमा कम्पनीले एक लाख रुपैयाँ भुक्तानी गर्ने व्यवस्था छ ।

    फाईल तस्बिर