अवैध लागूऔषध सहित तीन जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अवैध लागूऔषध सहित तीन जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०८२, शनिबार

    स्याङ्जा, ११ असाेज । पुतली बजार नगरपालिका-‍१ शहिदचोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ९० एम्पुल, फेनारगन ९० एम्पुल र नोर्फिन ९० एम्पुल सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा तनहुँ ब्यास नगरपालिका-५ बस्ने ३२ वर्षीय अशोक बाचे मगर र कास्की पोखरा महानगरपालिका-२३ बस्ने २७ वर्षीय नविन परियार रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग.१ ज ४६८५ नम्बरको ट्याक्सीमा उक्त लागूऔषध फेला पारी चालक अशोक र ट्याक्सीमा सवार नविनलाई पक्राउ गरेको हो ।