


काठमाडौं, ११ असोज । हामी नेपालका संयोजक सुदन गुरुङले जेनजी पुस्तालाई हिंसा वा कसैको घरलाई निशाना बनाउनु समाधान नभएकाले त्यसो नगर्न आग्रह गरेका छन्।
एमालेका अध्यक्ष केपी ओलीले आज आफू बसेको घरलाई निशाना बनाएको अभिव्यक्ति दिएपछि संयोजक गुरुङले कसैको घरलाई निशाना बनाउनु समस्याको समाधान भएको बताएका हुन्।
उनले भनेका छन्, ‘मलाई थाहा छ अहिले भावना तीव्र छ र धेरैलाई निराशा महसुस भइरहेको छ। तर हिंसा वा कसैको घरलाई निशाना बनाउनु समाधान होइन। यस्ता कार्यहरूले हाम्रो देशलाई अझै ठुलो क्षति पुर्याउन सक्छन् र हामी लडिरहेको सकारात्मक परिवर्तनलाई ओझेलमा पार्न सक्छन्।’
उनले निर्वाचनको मिति तोकिएकाले त्यो नै आफूहरूको शक्ति, एकता र दृष्टि देखाउने अवसर भएको बताएका छन्।
उनले भनेका छन्, ‘शान्तिपूर्ण तरिकाले, अनुशासनका साथ र साहसका साथ त्यस दिनको तयारीमा हाम्रो ऊर्जा प्रयोग गरौँ। हाम्रो आन्दोलन आशाको हो, घृणाको होइन। निर्माणको हो, विनाशको होइन। सम्पूर्ण देशलाई देखाऔँ कि जेन जेड क्रोधले होइन, बुद्धिमत्ताले नेतृत्व गर्न सक्छ।’
उनले सबैलाई शान्त र दृढ रहन अपिल गरेका छन्।