दसैं बिदामा सरकारी साधन नचलाउन व्यास नपाको निर्देशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दसैं बिदामा सरकारी साधन नचलाउन व्यास नपाको निर्देशन

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०८२, आईतवार

    दमाैली, १२ असाेज । व्यास नगरपालिकाले दसैं बिदामा सरकारी साधन नचलाउन जनप्रतिनिधि एवं कर्मचारीलाई निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँको सूचना अनुसार चाडपर्वका अवसरमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र कार्यरत कर्मचारीहरुले अत्यावश्यक सेवाका सवारी साधन बाहेकका सरकारी सवारी साधन नचलाउन नगरपालिकाले निर्देशन दिएको छ ।

    जनप्रतिनिधि र कर्मचारीहरुले दसैं बिदा हुनुपूर्व आइतबारसम्म आफूले प्रयोग गरिरहेको सरकारी सवारी साधन कार्यालय परिसरमा राखी जान सूचना जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । सरकारी सवारी साधन बिदाको दिन चलाइ दुरुपयोग भएको खण्डमा सम्बन्धित सवारी साधन प्रयोग गर्ने पदाधिकारी र कर्मचारी जिम्मेवार हुने जनाइएको छ ।