तनहुँ, चितवन र धादिङ प्रशासनको संयुक्त अपिल– असोज २० सम्म सकभर यात्रा नगर्नु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ, चितवन र धादिङ प्रशासनको संयुक्त अपिल– असोज २० सम्म सकभर यात्रा नगर्नु

    खबरपुञ्ज संवाददाता

    १६ आश्विन २०८२, शुक्रबार

    दमौली, १७ असोज । तनहुँ, चितवन र धादिङ जिल्ला प्रशासन कार्यालयले शुक्रबार संयुक्त सूचना जारी गर्दै असोज २० गतेसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

    यात्रा गर्नुपरेको अवस्थामा पनि रातको समयमा नगर्न अनुरोध गरिएको छ।

    मौसम पूर्वानुमान महाशाखाले गरेको प्रक्षेपण अनुसार पानी परेको खण्डमा राजमार्गहरूको आवागमन बन्द गर्नुपर्ने भएकाले यसतर्फ सचेत र सतर्क रहन अपिल गरिएको छ।

    त्यस्तै, यात्रा गर्नुपर्ने अवस्थामा सुरक्षा निकायहरूबाट आवश्यक जानकारी लिएर मात्र यात्रा गर्न भनिएको छ।

    असोज २० गतेसम्म अत्यावश्यक बाहेक मालवाहक ठूला सवारी साधन नचलाउन पनि यी तीन जिल्लाका प्रशासन कार्यालयले आग्रह गरेका छन्।

    जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ। उक्त पूर्वानुमान अनुसार वर्षा भए सडक आवागमन थप जोखिमयुक्त हुनसक्ने भन्दै यस्तो अपिल गरिएको हो।