मुग्लिन नारायणगढ सडक अनिश्चितकालका लागि बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मुग्लिन नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०८२, शनिबार

    चितवन, १८ असोज । मुग्लिन नारायणगढ सडक शनिबार सॉझ ६ बजेदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । पहिरोको जोखिम रहेकाले जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना नभएसम्मका लागि उक्त खण्ड बन्द गरेको हो ।

    भारी वर्षाको कारण नारायणगढ-मुग्लिङ-नागढुङ्‌गा सडक खण्डमा पहिरो गईरहेको, जल तथा मौसम विज्ञान विभागको सूचना अनुसार असोज १९ र २० गतेसम्म वर्षा भइरहने पूर्वानुमान रहेको तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट मिति असोज १८ गते प्रकाशित सूचना समेतलाई मध्यनजर गरी नारायणगढदेखी काठमाडौंतर्फ जाने र चितवन हुँदै अन्य जिल्लामा जाने अत्यावश्यक बाहेकका सबै प्रकारका सवारी साधनहरुको आवत-जावत अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रुपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।