तनहुँका नदीहरुको सतह सामान्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका नदीहरुको सतह सामान्य

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०८२, शनिबार

    दमाैली, १८ असाेज । शनिबारदेखि निरन्तर वर्षा भइरहेपनि तनहुँका नदीहरुको सतह रातिसम्म सामान्य रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तनहुँका नदीको सतह खतरा तहभन्दा तल नै रहेको छ ।

    तनहुँस्थित कालीगण्डकी नदी, सेती नदी, मस्र्याङ्दी नदीको सतह खतरा तहभन्दा मुनि रहेको जनाइएको छ । कालीगण्डकी नदीको सतर्कता तह १०.१ मिटर रहेकामा नदीको तह हाल २.९३ मिटर रहेको छ । त्यस्तै सेतीको सतर्कता तह ५.३ मिटर रहेकामा हाल नदीको तह २.६४ मिटर रहेको छ । मस्र्र्याङ्दीको सतर्कता तह १० मिटर रहेकामा हाल नदीको तह ७.८ मिटर रहेको विभागले जनाएको छ ।