इलाममा पहिरोमा पुरिएर ११ जनाको मृत्यु : माङ्सेबुङमा उद्धारका लागि हेलिकप्टर मागियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    इलाममा पहिरोमा पुरिएर ११ जनाको मृत्यु : माङ्सेबुङमा उद्धारका लागि हेलिकप्टर मागियो

    खबरपुञ्ज संवाददाता

    १८ आश्विन २०८२, आईतवार

    काठमाडौ, १९ असोज । इलामका विभिन्न ठाउँमा गएराति गएको पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ ।

    इलाम नगरपालिका–६ र माइजोगमाइसहित विभिन्न ठाउँमा पहिरो जाँदा ११ जनाको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार पहिरोले दुई घर पुरिँदा ११ जनाको मृत्यु भएको हो ।

    घाइते र बेपत्ताको खोजी भइरहेको उनको भनाइ छ । रातको समयमा पहिरो गएकाले बिहानैदेखि उद्धार भइरहेको छ ।

    इलामकै माङ्सेबुङ गाउँपालिका १ मा पहिरोपछि उद्धारमा कठिनाइ भएपछि इटहरीबाट हेलिकप्टर मगाइएको छ ।

    प्रहरीका अनुसार इलाम नगरपालिका ५, घोसमा एकैघरमा ५ जनाको मृत्यु भएको छ। यता सन्दकपुर गाउँपालिका १, छाँगेमा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते छन्।

    माइजोगमाई गाउँपालिका ६, प्याङमा एकैघरका ५ जना बेपत्ता भएका छन् भने सन्दकपुर गाउँपालिका ३, सुलुबुङमा एक बालिका घरसँगै बेपत्ता भएकी छन्।

    माङ्सेबुङ गाउँपालिका १ मा १ गर्भवती र १ पुरुष गम्भीर घाइते भएका छन् भने फाकफोकथुम ३, आमचोकको रातमाटेमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ।

    घटनाको थप विवरण आउन बाँकी छ । तस्बिर : एआई