सुनको मूल्य हालसम्मकै उच्च
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सुनको मूल्य हालसम्मकै उच्च

    खबरपुञ्ज संवाददाता

    १९ आश्विन २०८२, सोमबार

    काठमाडौं, २० असोज । दशैंपछि सुनको भाउ तोलामा करिब १० हजार रुपैयाँ बढेको छ । नेपाली बजारमा दशैंका कारण केही दिन मूल्य समायोजन गरिएको थिएन ।

    दशैंपछि एकैपटक समायोजन हुँदा मूल्यमा उच्च वृद्धि देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । दशैंअघि असोज १२ गते सुनको भाउ प्रतितोला २ लाख २३ हजार २ सय रुपैयाँ रहेकोमा अहिले ९ हजार ९ सय रुपैयाँ बढेर आज सोमबार २ लाख ३३ हजार १ सय रुपैयाँ पुगेको छ ।