


पाेखरा, २० असाेज । पोखरा महानगरपालिका-६ लेकसाइडस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ३९ हजार ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।