जेनजी आन्दोलनमा सहिद भएकाको सम्झनामा रास्वपाद्वारा दीप प्रज्वलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जेनजी आन्दोलनमा सहिद भएकाको सम्झनामा रास्वपाद्वारा दीप प्रज्वलन

    खबरपुञ्ज संवाददाता

    २२ आश्विन २०८२, बिहीबार

    दमौली, २३ असोज । गत भदौ २३ गते भएको जेनजी आन्दोलनमा। सहिद भएकाहरुको सम्झनामा राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले बिहीबार दमौलीमा दीप प्रज्वलन गरेको छ । जेनजी आन्दोलन भएको एक महिना पुगेकामा रास्वपाले सहिदको सम्झनामा दीप प्रज्वलन गरेको हो ।

    रास्वपा तनहुँका सभापति विश्व बास्तालाले विगतमा सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि काम गर्न नसक्दा जनतामा निराशा छाएको बताउँदै अहिलेको सरकारले त्यसमा ध्यान दिनुपर्ने बताए ।

    देश र जनतालाई माथि राखेर देश हितका लागि काम गर्न उनले आग्रह गरेका छन् । विनाशबाट सिकेर अगाडी बढ्दै अध्यारोलाई उज्यालोमा परिणक गर्नुपर्ने उनको भनाइ छ ।