


दमौली, २७ असोज । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-१ तल्लो गुणादीमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल जल्दा पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पोखराबाट दमौली तर्फ आउँदै गरेको बा.प्र.०२-०५१ प ९३४७ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाइ सडक छेउको रेलिङमा ठक्कर खाइ दुर्घटना हुँदा मोटरसाइकल चालक धादिङको गल्छी गाउँपालिका-४ बस्ने १९ वर्षीय निश्चल अधिकारी र सवार नुवाकोट विदुर नगरपालिका बस्ने २३ वर्षीय प्रदीप नेपाल घाइते भएको प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।
घाइतेहरुको दमौलीस्थित रत्नहरी अस्पतालमा उपचार भइरहेको छ ।