तनहुँ : भूमि सम्बन्धी समस्या समाधान आयाेगकाे सदस्यमा तनहुँका एकबहादुर राना नियुक्त हुनुभएकाे छ । आयाेगमा प्रदेश सरकारले मनाेनयन गरेकाे एक सदस्य रहने व्यवस्था भए बमाेजिम गण्डकी प्रदेश सरकारले भानु नगरपालिका-३ का रानालाई आयाेगकाे सदस्यमा नियुक्त गरेकाे हाे ।
प्रदेश मन्त्रिपरिषद्काे १४ औंँ बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता रामशरण बस्नेतले नेपाल सरकारबाट जारी भएको भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश २०७६ दफा ३ को उपदफा १ को खण्ड (ग) मा आयोगमा प्रदेश सरकारले मनोनयन गरेको एक सदस्य रहने र निजको पारिश्रमिक सरकारले तोकेबमोजिम हुने व्यवस्थानुसार रानालाई मनाेनयन गरिएकाे जानकारी दिनुभयाे ।