१ हजार १११ कोरोना संक्रमित थपिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    १ हजार १११ कोरोना संक्रमित थपिए

    खबरपुञ्ज संवाददाता

    १० भाद्र २०७७, बिहीबार

    काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार १११ कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    यसस“गै कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । उनीहरुमध्ये १८३ जनाको मृत्यु भएको छ भने २० हजार ७३ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ५६९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    कहाँ कति थपिए संक्रमित ?

    मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ३७७ संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा मात्र २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना रहेका छन् ।

    यस्तै पर्साका ८५ जना, बाँकेका ७५, रुपन्देहीका ७२, मकवानपुरका ६३, चितवनका ४५, धनुषाका ३९, सुनसरीका ३८, बाराका ३०, सप्तरीका २२,

    कपिलवस्तुका २१, मोरङ र कैलालीका २०/२० जना, नवलपरासीका १८, नवलपुर र बैतडीका १७/१७, रौतहटका १५, काभ्रेका १३, दैलेखका १२, तनहुँका ११, सुर्खेतका ९, बाग्लुङका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    सिराहा, महोत्तरी र नुवाकोटका ७/७ जना, सर्लाही, रामेछाप, कञ्चनपुर र डोटीका ६६ जना, सिन्धुली र जाजरकोटका ५/५ जना, प्युठान र संखुवासभाका ४/४ जना, सिन्धुपाल्चोक, लमजुङ र गुल्मीका ३/३ जना, दोलखा, कास्की र दाङका २/२ जना तथा खोटाङ, धादिङ, गोरखा, पर्वत, बर्दिया र बझाङका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।