


काठमाडौं, ७ कात्तिक । त्रिदेशीय फिफा मैत्रीपूर्ण खेलमा नेपाल इरानसँग पराजित भएको छ । भारतको शिलोङमा शुक्रबार भएको खेलमा नेपाली महिला टिम इरानसँग तीन–शून्य गोलअन्तरले पराजित भएको हो । प्रतियोगितामा भारतसमेत सहभागी छ ।
प्रतियोगितामा नेपालमाथिको जित इरानको लगातार दोस्रो जित हो । यसअघि उसले भारतलाई दुई–शून्यले पराजित गरेको थियो । नेपालले अब दोस्रो खेल मंगलबार भारतसँग खेल्नेछ ।
फिफा वरीयतामा इरान ७०औँ र नेपाल ८९औँ स्थानमा छ ।
यसअघि नेपाल र इरानको महिला टोलीबीच एक पटक मात्र खेल भएको छ । ६ वर्ष अगाडि नेपाल र इरानले २०१९ मा खेलेका थिए। जसमा नेपाल ३–० ले विजयी भएको थियो । ६ वर्षपछि पनि इतिहास दोहोरियो ।