दमौलीमा एनपिएलको ट्रफी सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीमा एनपिएलको ट्रफी सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    १० कार्तिक २०८२, सोमबार

    दमाैली, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी तनहुँको दमौलीमा आज सार्वजनिक गरिएको छ । पोखरा एभेन्जर्सले गण्डकी प्रदेशका विभिन्न जिल्लामा ट्रफी टुर कार्यक्रम गर्ने कार्यतालिका अन्तर्गत दमौली बजारमा ट्रफी सार्वजनिक गरिएको हो ।

    तनहुँ जिल्ला क्रिकेट सङ्घको व्यवस्थापनमा दमौली बजारमा बाजागाजा सहित ट्रफी सार्वजनिक गरिएको छ । ¥यालीमा पोखरा एभेन्जर्सका खेलाडी सागर ढकाल, बिपीन खत्री, अर्जुन कुमाल लगायतको सहभागिता रहेको थियो ।

    May be an image of one or more people and text
    May be an image of one or more people and text

    ट्रफी सार्वजनिक कार्यक्रममा तनहुँ जिल्ला क्रिकेट सङ्घका अध्यक्ष मदन तिमिल्सिनाले ट्रफी टुर अन्तर्गत दमौलीमा कार्यक्रम हुन गौरवको विषय भएको उल्लेख गरे । यसपटकको एनपिएल पोखरा एभेन्जर्सले जित्नेमा गण्डकी प्रदेशवासी ढुक्क भएको बताउँदै जितपछि पनि ट्रफी टुर गर्ने अवसर मिल्ने बताए ।

    May be an image of one or more people and text
    May be an image of one or more people and text

    पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले गण्डकी प्रदेशका विभिन्न जिल्लामा ट्रफी टुर गरिने बताए । उनका अनुसार आजै नवलपुरको गैडाकोट, गोरखाको मनकामना, तनहुँको डुम्रे हुँदै ट्रफी दमौली ल्याइएको हो । उक्त ट्रफी कुस्मा, बागलुङ समेत लैजाने कार्यतालिका छ । पोखरामा आएर ट्रफी टुर कार्यक्रम समापन गरिने उनले बताए ।

    May be an image of one or more people and text
    May be an image of one or more people, street and text