


मुस्ताङ, ११ कात्तिक । मुस्ताङको मुक्तिनाथ मन्दिर वरपर हिमपात भएको छ । मुक्तिनाथ दर्शनका लागि गएकाहरु हिमपातका कारण प्रभावित भएका छन् ।
मुक्तिनाथ दर्शनका लागि गएराति मुस्ताङ पुगेका बसन्त गौतमले भने, ‘हामी हिजो साँझ यहाँ आएका थियौं । त्यतिबेला अवस्था सामान्य थियो । आज बिहान पाँच बजेतिर उठेर मन्दिर जाऔं भन्दा त हिउँ परेको रहेछ ।’ उनले बाटोमा हिउँ जमेकाका कारण हिँडडुल गर्न कठिन भएको बताए ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले विज्ञप्ति जारी गर्दै हिमपात भइरहेकाले यात्रामा ननिस्किन पदयात्रीलाई आग्रह गरेको छ ।