आँबुखैरेनीकाे एक्लेफाँटमा माइक्रो दुर्घटनामा १४ जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीकाे एक्लेफाँटमा माइक्रो दुर्घटनामा १४ जना घाइते

    खबरपुञ्ज संवाददाता

    ११ कार्तिक २०८२, मंगलवार

    दमाैली, ११ कात्तिक । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मङ्गलबार माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

    चितवनबाट लमजुङतर्फ जाँदै गरेको बाप्र ०३–००१ ज ०९३७ नम्बरको विद्युतीय माइक्रो चालकले नियन्त्रण गुमाइ सडकछेउको भित्तामा ठोक्किदा माइक्रोमा सवार १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । त्यसक्रममा उक्त माइक्रो सडक छेउमा रोकी राखेको नेपाल विद्युत प्राधिकरणको बा १ ञ १२८७ नम्बरको सवारी साधनसँग समेत ठोक्किएको थियो ।

    घाइते हुनेहरुमा माइक्रो चालक लमजुङको बेसीशहर नगरपालिका–८ बस्ने ४२ वर्षीय इश्वरकुमार श्रेष्ठ, चितवनको भरतपुर महानगरपालिका–१६ बस्ने ४५ वर्षीया शान्तामाया तामाङ, ४८ वर्षीया कमई तामाङ, ५५ वर्षीया बुधमाया तामाङ, ४२ वर्षीय गङ्गाबहादुर तामाङ, ४२ वर्षीया होमकुमारी तामाङ, १५ वर्षीया रश्मी तामाङ, ३७ वर्षीय डोलराज तामाङ, लमजुङको दोर्दी गाउँपालिका–४ बस्ने २० वर्षीया गङ्गा तामाङ, ६३ वर्षीया मैतीमाया तामाङ, नवलपुरको देवचुली नगरपालिका–१७ बस्ने ४७ वर्षीया इन्द्रकुमारी तामाङ, भरतपुर महानगरपालिका–१६ वर्षीया गममाया तामाङ, ३० वर्षीय मङ्गली तामाङ र ५ वर्षीया सिर्जना तामाङ रहेको प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।

    दुर्घटनाका घाइतेलाई आँबुखैरेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।