


दमाैली, १३ कात्तिक । तनहुँको व्यास नगरपालिका–८ बाहुनपोखरामा बुधबार राति ८ बजे चितुवाको आक्रमणबाट एक युवती घाइते भएकी छन् । घाइते हुनेमा २२ वर्षीया आशिका पौडेल रहेकी छन् ।
घरमै बसिरहेको बेला चितुवाको आक्रमणबाट पौडेल घाइते भएकी हुन् । घाइते पौडेलको घाँटी, हात र खुट्टामा चोट लागेको छ । उनको लमजुङको मध्यनेपाल नगरपालिकास्थित दुइपिप्ले अस्पतालमा उपचार गरिएको अस्पताल सञ्चालक रमेशचन्द्र भट्टराईले जानकारी दिए ।
युवतीकाे अवस्था खतरामुक्त रहेकाले उपचार पश्चात घर पठाइएकाे छ ।