


काठमाडौ, १८ कात्तिक । नेपाली बजारमा मंगलबार सुन तथा चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेको हो । यससँगै मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३८ हजार ३०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँका कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको हो ।