


दमौली,१८ कात्तिक। भानु नगरपालिका-७ बसन्तपुु़रस्थित थानीमाई मन्दिरमा कात्तिकको तेस्रो मंगलबार फूलको डोली भित्र्याउन बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । सोमबार सत्यनारायणको पूजा गरी भक्तजन बिहानैदेखि फूलको डोली भित्र्याउन थानीमाई पुगेका हुन् ।
कात्तिकको दोस्रो मंगलबार पनि मन्दिरमा भक्तजनको भीड रहेको थियो ।
मन्दिरमा सोमबार राति पनि जागाराम बसेर बत्ती बाल्नेको भीड रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले जानकारी दिए ।