


दमाैली, १९ कात्तिक । तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा मङ्गलबार राति ८ः१५ कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५८ वर्षीय खुसीमान गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सोही ठाउँ बस्ने ७० वर्षीय खिमबहादुर गुरुङले चिर्पटले टाउकोमा हानी घाइते बनाएका खुसीमानको उपचारका क्रममा राति १०ः५५ बजे फिस्टेल अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए। कुटपिट गर्ने खिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मादक पदार्थ सेवन गरी दुई जना झगडा गर्दा खिमबहादुरले खुसीरामलाई चिर्पटले हानेको प्रहरीले जनाएको छ । घाइतेलाई तत्कालै बन्दीपुर अस्पताल लगिएकामा थप उपचारका लागि पोखरा पठाइएको थियो ।