प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिन्ह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिन्ह

    खबरपुञ्ज संवाददाता

    २७ कार्तिक २०८२, बिहीबार

    काठमाडौं, २७ कात्तिक । नेपाल प्रहरीका नवनियुक्त आईजीपी दानबहादुर कार्कीले दर्ज्यानी चिन्ह लगाएका छन् । गृह मन्त्रालयमा आयोजित समारोहमा गृहसचिव रामेश्वर दंगालले कार्कीलाई आईजीपीको फुली लगाइदिए ।

    केही बेरमा उनी नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालस्थित प्रहरी महानिरीक्षकको कार्यकक्षमा पदबहाली गर्दै छन् ।

    सोमबारको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको ३३ औं महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । ३२ औं महानिरीक्षक चन्द्रकुवेर खापुङ बुधबार मध्यरात प्रहरी सेवाको ३० वर्षे अवधि पूरा गरी अनिवार्य अवकाश भएका छन् ।

    नवनियुक्त महानिरीक्षक कार्कीको कार्यकाल २०८४ चैत १८ सम्म छ ।