ज्येष्ठ नागरिक र सहाराविहिन बालबालिकाको विवरण सङ्कलन गर्दै प्रतिष्ठान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ज्येष्ठ नागरिक र सहाराविहिन बालबालिकाको विवरण सङ्कलन गर्दै प्रतिष्ठान

    खबरपुञ्ज संवाददाता

    १ मंसिर २०८२, सोमबार

    दमौली, १ मङ्सिर । झुलबहादुर आले स्मृति प्रतिष्ठानले ऋषिङ गाउँपालिकाभित्रका असहाय ज्येष्ठ नागरिक, सहाराविहिन बालबालिकाको विवरण सङ्कलन थालेको छ । असहाय ज्येष्ठ नागरिक र सहाराविहिन बालबालिकाको व्यवस्थापनका लागि प्रतिष्ठानले पालिकाभित्रका विवरण सङ्कलन थालेको हो ।

    त्यसका लागि प्रतिष्ठानले ऋषिङ गाउँपालिकासँग सबै वडामा त्यस्ता व्यक्ति रहे विवरण उपलब्ध गराइदिन आग्रह गरेको प्रतिष्ठानका अध्यक्ष कमलबहादुर आलेले जानकारी दिए ।

    प्रतिष्ठानका अध्यक्ष आलेले व्यक्तिगत रुपमा ‘नेपालमा ऋषिङको परिचय’ नामक पुस्तक प्रकाशन समेत गर्न लागेका छन् । पुस्तकमा ऋषिङको ऐतिहासिक, सांस्कृतिक, धार्मिक स्थलहरुको बारेमा समेटिने उनले जानकारी दिएका छन् ।

    पुस्तक प्रकाशित गरी विक्री हुने रकमबाट ऋषिङ गाउँपालिकाभित्र रहेका असहाय नागरिकको व्यवस्थापन गर्ने लक्ष्य राखिएको उनले बताए । उनले भने, “पालिकाका सबै वडामा रहेका असहाय ज्येष्ठ नागरिक र सहाराविहिन बालबालिकालाई साहारा दिने लक्ष्य राखेको छ । पुस्तक विक्री गरी आउने रकम कोष बनाएर वार्षिक रुपमा नै सहाराविहिनलाई आश्रयस्थलको व्यवस्था गर्नेछु ।”

    आलेले प्रतिष्ठानबाट पालिकाभित्रका विपन्न ज्येष्ठ नागरिकलाई विद्युतीय चुलो, न्यानो कपडा वितरण, निःशुल्क स्वास्थ्य परीक्षण लगायतका मनकारी काम गरिरहेका छन् ।