कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

    खबरपुञ्ज संवाददाता

    २ मंसिर २०८२, मंगलवार

    काठमाडाै, २ मङ्सिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कर्णाली याक्सले भारतीय ब्याटर प्रियांक पाञ्चजको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको चितवनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले ३ विकेटको क्षतिमा १६६ रन बनायो। 

    ओपनिङ ब्याटर प्रियांकले ९० रनको योगदान गरे। उनले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। उनीसँग अर्का ओपनर म्याक्स ओ’डाउडले पहिलो विकेटका लागि ८.५ ओभरमा ६१ रनको साझेदारी गरे। सइफ जइबबाट बोल्ड हुनुअघि म्याक्सले ३० बलमा २० रन जोड्न सके। 

    त्यसपछि पाञ्चलले दोस्रो विकेटका लागि मार्क वाटसँग ६३ रनको साझेदारी गरेका थिए। वाटले सोहेल तन्विरको बलमा क्याच हुनुअघि २१ बलमा १ चौका प्रहार गर्दै १६ रन बनाउन सके। पवन सर्राफले १६ बलमा १ चौका र ३ छक्काको मद्दतमा नटआउट २७ रन बनाए। ३ मध्ये २ छक्का पवनले १९औं ओभरको अन्तिम २ बलमा चितवनका सोहेल तन्विरलाई प्रहार गरे।

    बलिङमा चितवनका बोपारा, जइब र तन्विरले १-१ विकेट लिए।