सुदुरपश्चिमले काठमाडाैलाई २९ रनले हरायाे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    सुदुरपश्चिमले काठमाडाैलाई २९ रनले हरायाे

    खबरपुञ्ज संवाददाता

    ३ मंसिर २०८२, बुधबार

    काठमाडाै, ३ मङ्सिर । नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको खेलमा सुदूरपश्चिम रोयल्सको लयको लयको बलिङले काठमाडौं गुर्खाज २९ रनले पराजित भएको छ ।

    कीर्तिपुर मैदानमा टस जितेर १४८ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको काठमाडौंले १६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ११८ रन मात्रै बनायो ।

    सुदूरपश्चिमले यस सिजनको पहिलो खेलमा जित नेकालेको छ । काठमाडौंले भने यस सिजनमा एक हार र एक जिते निकालेको छ । उद्घाटन खेलमा काठमाडौंले जनकपुर बोल्टसलाई पराजित गरेको थियो ।

    काठमाडौंलाई लक्ष्य अगावै रोक्न सुदूरपश्चिमका हेमन्त धामीले महत्त्वपूर्ण दुई विकेट लिए । उनले ओपनर बेन चार्ल्सवर्थ र भीम सार्कीको विकेट लिए ।

    हेमन्तले बेनलाई दोस्रो ओभरको पहिलो बल र भीमलाई तीन ओभरको चौथो बलमा आउट गरे ।

    हर्मित सिंहले जोश ब्राउनमार्फत् काठमाडौंका सबैभन्दा बढी ३४ रन बनाउने ब्याटर ओपनर आकाश त्रिपाठीलाई क्याच आउट गराए । हर्मितले मोहम्मद आदिल आलमलाई पनि आउट गराए ।

    इसान पाण्डेले काठमाडौंका दोस्रो ठूलो २४ रन जोड्ने जोन सिम्पसनलाई आउट गराए ।