


दमौली, ४ मंसिर । आँबुखैरेनी सेवा समाजले आँबुखैरेनी क्याम्पसमा मास्टर डिग्री कार्यक्रम सञ्चालनका लागि रु ५० हजार ७५ बराबरको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ।
समाजका अध्यक्ष मनोज कुमार श्रेष्ठले उच्च शिक्षाको पहुँच विस्तार गर्न र क्याम्पसको शैक्षिक गुणस्तर सुधार गर्न यो पहल गरेको बताए। यस सहयोगले मास्टर तह सञ्चालन तयारीलाई थप सहज बनाउने उनको भनाइ छ ।
विद्यार्थी, शिक्षक र स्थानीय समुदायले समाजको यस कदमलाई सकारात्मक रूपमा स्वागत गरेका छन्।
