


दमौली, ५ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी व्यास-१२ काे सभापतिमा हाेमबहादुर बाचे मगर चयन भएका छन् । शुक्रबार भएकाे वडा भेलाले मगरकाे सभापतित्वमा वडा समिति गठन गरेकाे हाे ।
जसकाे उपसभापतिमा शिरमाया कुंवर, सचिवमा रवीन्द्रराज शर्मा र सदस्यहरुमा शेरबहादुर क्षेत्री, आशा गैरे, विश्वमित्र लाैडारी, धनबहादुर बयलकाेटी चयन भएका छन् ।
वडा भेलाकाे रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले उद्घाटन गरेका थिए ।
