आर्कीडाँडामा दुई मोटरसाइकल ठोक्किदा दुई घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आर्कीडाँडामा दुई मोटरसाइकल ठोक्किदा दुई घाइते

    खबरपुञ्ज संवाददाता

    ६ मंसिर २०८२, शनिबार

    दमौली, ६ मंसिर । व्यास नगरपालिका-१२ आर्कीडाँडास्थित घाँसीकुवा नाभ्रुङ सडकखण्डमा शनिबार दुई माेटरसाइकल ठाेक्किदा दुई जना घाइते भएका छन् ।

    मैबलबाट घाँसीकुवा तर्फ आउँदै गरेको ग १९ प १२७८ नम्बरकाे माेटरसाइकल र विपरित दिशाबाट जाँदै गरेकाे ग ११ प ८८३१ नम्बरकाे माेटरसाइकल ठाेक्किदा दुवै चालक घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

    घाइते हुनेमा ग ११ प ८८३१ नम्बरकाे माेटरसाइकल चालक भानु-५ मैबल बस्ने १८ वर्षीय प्रेन्स अधिकारी र ग १९ प १२७८ नम्बरकाे माेटरसाइकल चालक साेही ठाउँ बस्ने २८ वर्षीय सन्दीप खत्री रहेकाे प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।

    घाइतेमध्ये अधिकारीलाई थप उपचारका लागि चितवन पठाइएकाे छ ।