आज कहॉ कहॉ पानी पर्छ ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आज कहॉ कहॉ पानी पर्छ ?

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०७७, शनिबार

    काठमाडौ : शनिबार देशका विभिन्न स्थानमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशका अधिकांश स्थानमा आंशिक देखि सामान्य बदली रहेको जनाइएको छ । अहिले मनसुन  न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको। अहिले देशभर सामान्य बदली रही केही स्थानमा हल्का पानी परिरहेको छ । 

    आज दिउँसोपछि देशका केही स्थानमा बदली रही हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ साथै  प्रदेश न। १ का केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ । 
     
    आज राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ भने सुदुर पश्चिम प्रदेशका केही स्थानमा बदली रही ठुलो पानी पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।