पृथ्वीराजमार्ग दुईतर्फी खुलाउने तयारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    पृथ्वीराजमार्ग दुईतर्फी खुलाउने तयारी

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०७७, शनिबार

    तनहुँ : सुख्खा पहिराले शुक्रबार बिहान अवरुद्ध भएको तनहुँको आँबुखैरेनी–मुग्लिङ सडकखण्ड दुईतर्फी खुलाउने तयारी गरिएको छ । आँबुखैरेनी गाउँपालिका र सडक विभागको सहयोगमा हिजो नै सडक एकतर्फी बनाइएको थियो ।

    आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरा नजिक खसेको पहिरा डोजरले हटाएर एकतर्फी रुपमा सञ्चालन गरिएपनि दुईतर्फी रुपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    साना–साना ढुङ्गा हिजै डोजरको सहायताले हटाइएपनि ठूला ढुङ्गा हटाउन ब्रेकरको प्रयोग गर्नुपर्ने भएकाले केही समय लाग्ने देखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।आँबुखैरेनी–मुग्लिङ सडकखण्ड अन्तर्गत उक्त ठाउँमा बेला–बेलामा पहिरा गएर राजमार्ग अवरुद्ध हुने गरेको छ । वर्षा नभएको बेलामा पनि यहाँ सुख्खा पहिराको समस्या रहँदै आएको छ । कोत्रेदेखि मुग्लिङ खण्ड अन्तर्गत तनहुँको ७२ किमि राजमार्गमा सबैभन्दा बढी पहिरा जाने ठाउँ नै यही हो