दुई बालबालिका सहित पाँच कोरोना सङ्क्रमित निको
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    दुई बालबालिका सहित पाँच कोरोना सङ्क्रमित निको

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०७७, शनिबार

    तनहुँ : तनहुँमा शुक्रबार पाँच जना कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना सङ्क्रमण भएर दमौली अस्पतालको आइसोलेशनमा रहेका दुई बालबालिका सहित पाँच जना निको भएर घर फर्किएका हुन् ।

    निको हुनेमा व्यास नगरपालिका–१ का १३ वर्षीया बालिका, सोही ठाउँका ९ वर्षीय बालक, सोही ठाउँकै ३६ वर्षीया महिला, ३१ वर्षीया महिला र व्यास नगरपालिका–५ का २६ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

    व्यास नगरपालिका–१ का १३ वर्षीया बालिका, ९ वर्षीय बालक, ३६ वर्षीया महिलालाई साउन ३२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने ३१ वर्षीया महिलालाई भदौ २ गते र व्यास नगरपालिका–५ का २६ वर्षीय पुरुषलाई भदौ ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    योसँगै जिल्लामा कोरोनाबाट निको हुनेको सङ्ख्या २ सय ५ पुगेको छ ।