राष्ट्रिय परिचयपत्र बनाउने चाप घट्यो, अब नियमित समयमै सेवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राष्ट्रिय परिचयपत्र बनाउने चाप घट्यो, अब नियमित समयमै सेवा

    खबरपुञ्ज संवाददाता

    १२ मंसिर २०८२, शुक्रबार

    दमौली, १२ मंसिर । जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रको सेवा दिँदै आएकामा सेवाग्राहीको चाप घटेपछि अब नियमित समयमै सेवा प्रवाह गर्ने भएको छ ।

    कार्यालयले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सेवा दिँदै आएकामा नियमित कार्यालय समयमा सेवाप्रवाह गर्दा सहज रुपमा सेवा प्रवाह हुने अवस्था रहेकाले आइतबारेखि बिहान १० बजेदेखि ४ बजेसम्म नै राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सञ्चालन हुने जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत विकास श्रेष्ठले बताए ।

    जेनजीअ आन्दोलनपश्चात् राष्ट्रिय परिचयपत्र सेवा लामो समय अवरुद्ध रहेको थियो । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट केही समय पश्चात् दुइ थान स्टेशन मात्र प्राप्त भएकामा हाल तीन थान स्टेशनबाटै सेवा प्रवाह भइरहेको छ । श्रेष्ठले भने, “सेवाग्राहीको चाप बढेपछि अतिरिक्त समय थप गरी सेवा दिँदै आएका थियौ, अब नियमित समयमै सेवा प्रवाह हुनेछ ।”