डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल यथावत्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल यथावत्

    खबरपुञ्ज संवाददाता

    १४ मंसिर २०८२, आईतवार

    काठमाडाै, १४ मङ्सिर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले डिजेल र मट्टितेलको मूल्य घटाउने तथा हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको हो।

    निगमका अनुसार डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँले घटाइएको छ।

    यस्तै, हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरिएको छ भने हवाई इन्धन (अन्तर्राष्ट्रिय) तर्फ काठमाडौंको लागि प्रति किलोलिटर ४२ अमेरिकी डलरले मूल्य बढाइएको छ।

    निगमले पेट्रोल र एलपी ग्यासको बिक्री मूल्य भने हाललाई यथावत राखेको छ।