


दमौली, १६ मंसिर । भानु नगरपालिका-७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा मंसिरको तेस्रो मंगलबार आज १५ फूलको डोली भित्रिएको छ।
थानीमाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाका अनुसार आज एक हजार ६ सय ८५ भक्तजनले मन्दिरमा पूजाआजा एवं दर्शन गरेका छन् ।
यस्तै सोमबार राति जागाराम बसेर बत्ती बाल्नेको सङ्ख्या १६ जना थियो ।
थापाका अनुसार स्याङ्जाबाट २, तनहुँबाट ४, लमजुङबाट एक, गोरखाबाट ६, चितवन र कास्कीबाट एक/एक फूलको डोली भित्रिएको छ ।